प्रमुख समाचार

बढ्‍याे पेट्राेलियम पदार्थ र एलपी ग्याँसकाे मूल्य

इकागज |
माघ २८, २०७७ बुधबार २०:५३ बजे

 काठमाडौँ : नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मूल्य बढाएको छ । आयाल निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै मूल्य समायोजन गरेको बताएको छ । पेट्रोल तथा डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रि मूल्यमा प्रति लिटर २ रुपैयाँले मूल्य बढेको छ । अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेल ९३ रुपैयाँ भएको छ ।

 त्यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि बढेको छ । यस अघि १३७५ रुपैयाँमा विक्रि हुँदै आएको एलपी ग्याँसमा २५ रुपैयाँ बढेको हो । निगमले काठमाडौँमा एलपी ग्याँसको मूल्य १४०० रुपैयाँ तोकेको छ । निगमले बढेको मूल्य बुधबार राती १२ बजेपछि लागू हुने पनि बताएको छ ।   



Author

थप समाचार
x