प्रमुख समाचार

सेयर बजार राताम्मे

२५६५ सम्म पुगेर ओरालो लाग्यो नेप्से, लघुवित्तका सेयर मूल्यमा पहिरो

इकागज |
माघ २९, २०७७ बिहीबार १५:३३ बजे

काठमाडौं : साताको अन्तिम कारोबार हुने दिन - बिहीबार सेयर बजारमा राताम्मे भएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसुचक १६ दशमलव ११ अंकले घटेर २५२६.९२ बिन्दूमा पुगेको हो ।

बैंकिङ समूह, विकास बैंक र म्युचुअल फन्ड बाहेक सबै समूहका परिसुचक घटेपछि नेप्से घटेको हो । अधिकांश परिसुचक औषत १ प्रतिशतका दरले घटेको नेपालद स्टक एक्सचेन्जले देखाएको छ ।


सबैभन्दा बढी गिरावट माइक्रोफाइनान्स र होटल समहूका परिसुचकमा देखिएको छ । माइक्रो फाइनान्स समूहको परिसुचक २ दशमलव ८८ प्रतिशतले घटेको छ । होटल समूहमा भने २ दशमलव ०१ प्रतिशतले गिरावट आएको छ ।

प्री ओपन सेसनमा नेप्से बढेर २५६५ बिन्दूसम्म पुगेको थियो । १५ मिनेटको अविधमा देखिएको उछाल त्यसपछि भने क्रमश: घट्न थाल्यो ।

बुधबार केही अंकले बढेपछि नेप्सेमा पुन: बुलिश ट्रेन्ड सुरु भएको भन्दै सामाजिक सञ्‍जालतिर प्रचारबाजी गरिएको थियो । १५ मिनेटको अवधिमा हौसिएर लगानी गर्ने लगानीकर्ताले त्यसपछि ठुलै क्षती व्यहोर्नु पर्‍यो । करिब १ घन्टाको अविधमा ३० अंकको गिरावट आयो । त्यसपछि आधा घन्टासम्म पुन: बढ्ने संकेत गरेको नेप्से ओरालो लाग्न थाल्यो । अन्तिममा १७ अंकको गिरावटमा नेप्से टुंगियो ।

प्राय कम्पनीका सेयरमुल्य अधिकतम १० प्रतिशतसम्म वृद्धि भइरहेको बजारमा बुधबार ५ प्रतिशतभन्दा बढी कुनै कम्पनी सेयर मुल्य बढेन । अत्यधिक मुल्य बढ्ने चन्द्रागिरी हिल्सको सेयर छ । ९ रुपैयाँले बढेको चन्द्रागिरीको सेयर मुल्य १ सय ८८ रुपैयाँसम्म पुगेको छ । खरिदमा चाप परेपनि बिक्री नगरेपछि चन्द्रागिरीको सेयर मुल्य खासै बढ्न सकेको छैन ।

८ अर्ब ४१ करोड रुपैयाँ कारोबार

बुधबारको तुलनामा कारोबार भने वृद्धि भएको छ । ७२ हजार ७ सय ३७ पटकको कारोबारमा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसबीच १ करोड ६० लाख कित्ता बराबर सेयर किनबेच भएको छ ।

५६ करोड ६३ लाख रुपैयाँ बराबर कारोबार भएको डेप्रोस्क लघुवित्तको सेयर अत्यधिक कारोबार हुने कम्पनी हो । दोस्रोमा नबिल बैंकको ३८ करोड ४० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । त्यसबाहेक कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ, नेपाल लाइफ इन्स्योरेन्स, एनआइशी एसियाको सेयर किनबेच अत्यधिक भएको तथ्यांकले देखाएको छ ।


Author

थप समाचार
x