प्रमुख समाचार

कोभिड प्रभावित हाइड्रोपावरको लाइसेन्सको म्याद एक वर्ष थपिने, २९ गतेसम्म निवेदन दिनुपर्ने

इकागज |
फागुन ६, २०७७ बिहिवार ९:५८ बजे

काठमाडौं : सरकारले कोभिड-१९ प्रभावित जलविद्युत आयोजनाको म्याद १ वर्ष थप्‍ने भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्रालयको मन्त्रीस्तरको बैठकले यस्तो निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्युत विकास विभागले निवदेन मागेको छ ।

म्याद थप गर्दा ५० वर्ष ननाघ्‍ने अवस्थाका जलविद्युत आयोजनालाई मात्रै अनुमति पत्र सशोधन गर्ने विभागले जानकारी दिएको छ । 


कोभिडको प्रभावको कारण निर्माणाधिन जलविद्युत आयोजनालाई प्रभाव परेको हाइड्रोपावर सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाबाट विद्युत उत्पादनको अनुमतिपत्रको अवधिको लागि अनुरोध गरेका थिए । कोभिड र त्यसको न्यूनीकरणको लागि देशव्यापी रूपमा भएको लकडाउनको कारण उत्पन्‍न विषम परिस्थितिको कारण विद्युत उत्पादनको सर्वेक्षण, विद्युत उत्पादन, विद्युत खरिद बिक्री सम्झौता र वित्तीय ब्यवस्थापन गर्न समस्या भएको थियो । जलविद्युत प्रवर्द्धकहरू आउँदो २९ गते मित्र कारण समेत खोलि निवेदन दिएमा म्याद थप हुने विभागले जानकारी दिएको छ । 

विद्युत सर्वेक्षण, उत्पादन, प्रशारणको अनुमतिपत्र नविकरणको लागि समयमा दरखास्त दिन नसकेमा २९ गतेभित्र अनुमतिपत्र नविकरणका लागि विद्युत विकास विभाग समक्ष दरखास्त पेश गर्न सक्ने विभागले जानकारी दिएको छ ।
अतिरिक्त एक वर्ष म्याद थप गरिदिन र त्यसको लागि कुनै दस्तुर र शुल्क नलिने उल्लेख छ ।
 


Author

थप समाचार
x