प्रमुख समाचार

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूको प्रदर्शन : 'मूल्यवृद्धि साह्रो भो चुलो बाल्‍न गाह्रो भो' (फोटोफिचर)

इकागज |
फागुन ६, २०७७ बिहीबार १०:५८ बजे

काठमाडौँ : एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेपछि नेकपा दाहाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको हो ।


त्यस्तै उनीहरुले देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए । 'असंवैधानिक ओली सरकार जनतालाई घाँडो भो महंगीले चुलो बाल्न गाह्रो भो, ए सरकार तेरो महंगीले मेरो ढाड सेकियो, फाँसीवादी सरकार मुर्दावाद, मूल्यवृद्धि साह्रो भो चुलो बाल्‍न गाह्रो भो, बढ्‍दो महंगी नियन्त्रण गर्‌लगायत प्ले कार्ड बोकेका थिए ।

अनेरास्ववियूका केन्द्रीय सस्दय रविनजंग बस्‍नेतका अनुसार मूल्यवृद्धिविरुद्ध देशभर प्रदर्शन गरिएको हो ।  काठमाडौँका २५ वटा कलेज अगाडीको बाटोमा बिहान ९ बजेदेखि ९:३० बजेसम्म आधा घण्टा चक्का जाम गरिएकव बस्‍नेतले जानकारी दिए ।

अनेरास्ववियूले आज दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शन गर्दैछ । दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाउने अनेरास्ववियूले जनाएको छ ।

निगमले फागुन ४ गते गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको साबिकको खुद्रा बिकि मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको थियो । यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो । 


Author

थप समाचार
x