प्रमुख समाचार

यसकारण भेटे प्रधानन्यायाधीश राणाले प्रधान सेनापति थापालाई

इकागज |
फागुन १०, २०७७ सोमवार १६:२० बजे

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतले नयाँ भवन बनाउने स्थानमा रहेका नेपाली सेनाका संरचना हटाउन निर्देशन दिएका छन् । 

प्रधानन्यायाधीश राणाले सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापालाई बोलाएर भवन बनाउने ठाँउमा रहेका सेनाका संरचना हटाउन भनेका सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।  


सर्वोच्च अदालतले अहिले रहेको भवनको पछाडि नयाँ भवन बनाउँदै छ ।  सेनाले केही जग्गा छोडेर सर्वोच्चलाई हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा छलफल गर्न प्रधान सेनापति थापा सर्वोच्च पुगेका हुन् ।

५ पुसमा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमा पक्ष-विपक्षमा बहस सकिएको अवस्थामा भएको प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 


Author

थप समाचार
x