प्रमुख समाचार

सर्वोच्चले संविधानको रक्षा गरेको छ : गगन थापा

इकागज |
फागुन ११, २०७७ मंगलबार १८:५१ बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले न्यायालयप्रतिको विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखका छन्, ‘अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’



Author

थप समाचार
x