प्रमुख समाचार

सर्वोच्चको फैसलापछि कमल थापाले भने : ताजा जनादेश उपयुक्त हो

इकागज |
फागुन ११, २०७७ मंगलबार १९:३५ बजे

फाइल तस्‍वीर

काठमाडौंँ : राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला बारे तर्क-वितर्क गर्न सकिने प्रतिक्रिया दिएका छन् । फैसला सबैले स्वीकार्नुपर्ने भए पनि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादेश उपयुक्त भएको थापाको भनाइ छ ।  

‘प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला बारे तर्क-वितर्क गर्न सकिन्छ,’ उनले लेखेका छन्, ‘तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्छ। यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार,कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादेश उपयुक्त हो ।’


 


Author

थप समाचार
x