प्रमुख समाचार

ओली समूहको स्थायी कमिटी बैठक सुरु

इकागज |
फागुन १२, २०७७ बुधबार ११:० बजे

काठमाडौँ : आगामी रणनीति तय गर्न सत्तारुढ नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने ? भन्ने विषयमा ओली समूहको स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् । खासगरी नेम्वाङले दिएको सुझावको बेवास्ता गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर सर्वोच्चले मंगलबार विघटनविरुद्धको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि प्रधानमन्त्री ओली नैतिक रुपमा संकटमा परेका छन् ।


सर्वोच्चले फैसला सुनाएदेखि नै प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढेको छ । 


Author

थप समाचार
x