प्रमुख समाचार

‘नेकपा नफुट्दै के को सत्ता सहकार्य ?’

इकागज |
फागुन १२, २०७७ बुधबार २०:४३ बजे

फाइल तस्बिर

काठमाडौँ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ नेकपा कानुनी रूपमा नफुटी आफूहरूले कसैसँग सत्ता सहकार्यबारे कुरा नगर्ने बताएका छन् । दुई तिहाइको सरकार रहदासम्म सत्ता सहकार्यको आवश्यकता नै नपर्ने बताए । 

‘कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार छ । कहाँ अहिले सत्ताको बाँडफाटको कुरा गर्नुहुन्छ,’ महतोले इकागजसँग भने, ‘पहिला सत्तारुढ नेकपा कानुनी रूपमा फुट्नु पर्‍यो । त्यसपछिको अवस्था के हुन्छ, त्यो विश्लेषण गरेर मात्रै सत्ताको सहकार्य कसरी गर्ने र कसलाई सहयोग गर्ने भन्‍ने विषयमा सोच्‍ने हो । अहिल्यै यसबारेमा कसैसँग कुरा हुँदैन ।’


महतोले सत्तासँग सहकार्य गर्न कसलाई कति संख्या आवश्यक पर्छ, त्यो संख्या हामीले पूर्ति गर्न सक्ने भए मात्रै कुराकानी गर्ने बताए । ‘पहिला नेकपा फुट्न पर्‍यो । फुटेपछि पनि नयाँ सरकार बनाउन कति संख्या चाहिने हो, कोसँग कसले गठबन्धन गर्न चाहन्छ त्यो हेर्न पर्‍यो,’ महतोले भने, ‘सत्ता सहकार्यका लागि आवश्यक संख्या कति चाहिन्छ । त्यो हाम्रो पार्टीले पूर्ति गर्न सक्छ कि सक्दैन । सक्ने भए मात्रै सहकार्यका लागि छलफल गर्छौ । नत्र छलफल गर्नुको के अर्थ ?’

पहिला कम्युनिष्ट पार्टीको भूमिका हेरेपछि मात्रै कसरी अगाडि बढ्ने भन्‍ने छलफल गरेर पार्टीले एउटा मार्ग तय गर्ने वरिष्ठ नेता महतोले बताए । 
 


Author

थप समाचार
x