८ ब्राण्डका कमसल औषधिमाथि प्रतिबन्ध
काठमाडौँ : मुलुकका सात औषधि उत्पादकहरूले उत्पादन गरेका कमसल औषधि बजारमा बिक्री वितरण भइरहेको पाइएको छ । ८ ब्राण्डका औषधिहरू न्युन गुणस्तर पाएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीतका न्युन गुणस्तर पाइएको विभागले जनाएको छ ।
विभागले बजारबाट तुरुन्त फिर्ता गर्न उद्योगहरूलाई पत्राचार गरेको छ । विभागले भनेको, 'यस्ता औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ ।' कमसल औषधि उत्पादन गर्नेमा बाराको प्राइम फर्मासिटिकल्स प्राली, वीरगन्जको भाष्कर हर्बसिटिकल्स, भक्तपुरको सिटीएल फर्मासिटिकल्स, बाराको म्याग्नस फर्मा, मोरङको एमटेक मेड प्राली, रुपन्देहीको बायोगेन रिमेडिज प्राली, बाराको आर्या फर्मा ल्याब छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया