प्रमुख समाचार

नेकपा नफुटेसम्म कुन पक्षमा लाग्‍ने भन्‍ने टुंगो लाग्दैन : कांग्रेस

इकागज |
फागुन १३, २०७७ बिहीबार १७:४५ बजे

काठमाडौँ ।  नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने नेपाली कांग्रेसले जनाएको छ । बिहीबार कांग्रेसको पदाधिकारी बैठकले सत्तारुढ नेकपा नफुटेसम्म कांग्रेसले नेकपाको कुन समूहलाई साथ दिने, सहकार्य गर्ने भन्ने निक्र्याेल गर्ने निर्णय गरेको हो ।  

‘अहिले पार्टी एउटै छ । अध्यक्ष केपी ओली नै हुनुहुन्छ । उहाँहरुले निक्र्याेल गर्ने कुरा भो । त्यो परिस्थिती नआएसम्म हामी यो पक्ष त्यो पक्षमा लाग्ने कुरा अपरिपक्क हुन्छ । कांग्रेस त्यसो गर्दैन,’ बैठक पछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने । महतले पार्टी र संसदीय दल अलग भएपछि मात्रै कांग्रेसको भूमिका के भन्ने प्रष्ट हुने बताए ।  


‘अब संसदको बैठक बसेपछि सरकार यही हुन्छ या हुँदैन भन्ने कुरा टुंगो लाग्छ । यो कम्युनिष्ट पार्टीमा निर्भर छ । यो अवस्थामा हामी यो गर्छाैँ भनेर कांग्रेसले भन्छ,’ उनले भने, ‘अहिले सरकारको नेतृत्वको लागि कसैले भने पनि अर्थ छैन ।’  प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्चले फैसला सुनाएपछि नेकपाको दाहाल-नेपाल समूहले सत्ता सहकार्यको लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । देउवाले पार्टीमा छलफल गरेर मात्रै सहकार्यको बारे जानकारी दिने बताएका थिए । 


Author

थप समाचार
x