प्रमुख समाचार

प्रधानमन्त्री ओली शीतलनिवासमा

इकागज |
फागुन १३, २०७७ बिहीबार १९:४४ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवासमा पुगेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा  विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । 

सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ । 


राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्री साँझमा शीतलनिवास आएको बताए । ‘उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हुनसक्छ । हामी निस्किसकेपछि उहाँहरूबीच भेटवार्ता भएको हो,’ सल्लाहकार यादवले भने, ‘यो अवस्थामा उहाँहरूबीच छलफल स्वभाविक हो ।’


Author

थप समाचार
x