प्रमुख समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच संसद् बैठक बोलाउने विषयमा छलफल

इकागज |
फागुन १३, २०७७ बिहिवार २०:४२ बजे

फाइल तस्बिर

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ ।  बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् । 

स्राेतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्‍त्‍यतिर बैठक बाेलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो ।


सर्वोच्च अदालतले प्रतिनिधि सभा  विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ ।   


Author

थप समाचार
x