प्रमुख समाचार

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

इकागज |
फागुन १७, २०७७ सोमबार ८:१७ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । बिहान साढे ११ बजेपछि उनी यति एयरलाइन्सको जहाजमा पोखरा जान लागेका हुन् । उनले पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

यसअघि फागुन १५ गते पोखरामा वृह्त सभाको आयोजना गरिएको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पूर्व निर्धारित आमसभा स्थगित भएका थिए । 


कार्यकर्ता भेलालाई सम्बोधन गर्नुअघि ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ । तयसपछि पोखरा सभागृहमा आयोजित गण्डकी प्रदेशका कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्नेछन् । 

यसअघि हिजो प्रधानमन्त्री ओली झापा पुगेका थिए । झापा पुगेका उनले आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन दाहाल-नेपाल समूहलाई चुनौति दिएका थिए । 


Author

थप समाचार
x