प्रमुख समाचार

राष्ट्रपतिले बोलाइन् संसद् अधिवेशन

इकागज |
फागुन १७, २०७७ सोमबार १३:१९ बजे

फाइल तस्बिर

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार मन्त्रिपरिषदको बैठकले सिफारिस गरेलगत्तै राष्टपतिले राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्र अनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा  विघटनको निर्णयलाई बदर गरिदिएपछि सरकारको सिफारिसमा राष्टपतिले प्रतिनिधि सभा बैठक बोलाएकी हुन ।



 


Author

थप समाचार
x