प्रमुख समाचार

देउवालाई महेश आचार्यको प्रश्‍न : प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हो ?

इकागज |
फागुन १७, २०७७ सोमबार १६:४५ बजे

काठमाडौँ : नेपाली का‌ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको धारणाबारे सभापति शेरबहादुर देउवासँग जिज्ञासा राखेका छन् । सामाजिक सञ्‍जाल फेसबुकमा आचार्यले प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हुने भन्‍ने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन ढिला भइसकेको उल्लेख गरेका छन् । 

'सर्वोच्चको निर्णय अनुसार अबको एक साता नबित्दै प्रतिनिधि सभाको बैठक समेत बस्‍ने हुँदा संसद्‍मा पार्टीले निर्वाह गर्ने भुमिकाका बारेमा केन्द्रीय समितिमा छलफल र निर्णय हुन ढिलो भैसकेको  छ,' आचार्यले लेखेका छन्, 'राष्ट्र, संविधान  र संसदीय प्रणालीसँग सम्बन्धित यति ठूलो घटनामा हाम्रो पार्टी प्रतिक्रिया र योजनाविहीन देखिनु र अहिलेको संवैधानिक र संसदीय जटिलतालाई समाधान गर्ने अग्रसरता लिन नसक्नु दुर्भाग्यपूर्ण हुनेछ।'


प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको पुनः स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय वर्तमान संविधानको कार्यान्वयनको चरणको सर्वाधिक महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने संवैधानिक-राजनीतिक घटना भएकाले यसको समग्र पक्षको समीक्षा र देशको वर्तमान परिस्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न केन्द्रीय कार्यसमिति बैठक नडाकिनु गंभीर त्रुटि भएको आयार्यको भनाइ छ।

उनले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि माग गरेका छन् । 

आदरणीय सभापतिज्यु, असंवैधानिक तवरले सम्माननीय प्रधानमन्त्री अोली द्वारा विधटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने...

Posted by Mahesh Acharya on २०२१ मार्च १, सोमबार


Author

थप समाचार
x