प्रमुख समाचार

प्रतिनिधि सभामा के गर्ने भन्‍ने निचोडमा कांग्रेस पुगिसकेको छैन : पौडेल

इकागज |
फागुन १७, २०७७ सोमबार १७:६ बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यतिबेला नेपाली कांग्रेसले यसै गर्छ भन्‍ने निचोडमा नपुगेको बताएका छन् । ‘हामी अलमलमा नै छौँ । तर छलफल चलिरहेको छ,’ पौडेलले इकागजसँग भने, ‘प्रतिनिधि सभा विघटन हुनबाट बचेको छ । यो भनेको संविधान बचाउने काम भएको छ । अब कांग्रेस संयम भएर नै अघि बढ्नुपर्छ ।’
 
हौसियर होइन आगामी दिनमा देखिने राजनीतिक विकृतलाई सम्बोधन गर्नेगरी कांग्रेस अघि बढ्न आवश्यक भएको पौडेलले बताए । राजनीति विकृत अवस्थामा पुग्‍न सक्छ त्यस्तो अवस्थामा नेपालको राजनीतिलाई लिकमा ल्याउने कांग्रेसले नै हो भन्दै नेता पौडेलले भने, ‘हामी छलफलमा छौँ । सोच विचार गरेर निर्णयमा पुग्छौँ ।’
 
सत्ता र सडक दुवैमा नेकपा रहको अवस्थाले मुलुकलाई राजनीतिक विकृत अवस्थामा पुग्‍न सक्ने हुनाले कांग्रेस हौसियर अघि बढ्न नहुने पनि उनले बताए । 'आफूले गरेको कार्य असंवैधानिक भनेर अदालतले नै भनिदिएपछि पनि पदमा टाँसियर गफ दिनु लज्जास्पद नै हो,' पौडेलले भने, 'यस्ता विषयमा कांग्रेस स्पष्ट छ । उहाँ आफैले भंग गरेको संसदमा कसरी प्रवेश गर्नु हुन्छ ? यही हो राजनीतिमा नैतिकता हराएको र विकृतउन्मुख भएको ।’ कांग्रेस यस्तै विषयमा सल्लाह सुझाव लिन छलफल गर्ने तयारी गरिहरेको पनि उनले स्पष्ट पारे ।



Author

थप समाचार
x