प्रमुख समाचार

केपी ओलीको अदालतको सेटिङ भत्कियो, निर्वाचन आयोगको पनि भत्किँदै छ : दाहाल

इकागज |
फागुन १७, २०७७ सोमबार १८:६ बजे

फाइल तस्बिर

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको अदालतको सेटिङ भत्किएको र निर्वाचन आयोगको पनि भत्किने प्रक्रियामा रहेको बताएका छन् ।  सोमबार पेशागत महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै दाहालले पार्टीको आधिकारिकता आफ्नो समूले पाउने दाबी गरे ।  

‘मैले भनेको थिएँ सर्वोच्चले फैसला जनताको पक्षमा नै गर्छ । अर्को हुनै सक्दैन भनेर सार्वजनिक मञ्‍चबाट भन्‍ने गर्थेँ मैले कुनै सेटिङ गरेर भनेको होइन । अहिले पनि निर्वाचन आयोगसँग भएको पटक-पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा भन्छु,’ उनले भने, ‘पार्टीको मान्यता हामीले पाइ नै सक्यौं । सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो ।’ ओलीप्रति आक्रमक देखिएका दाहालले भने, ‘अब अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ ।’ 
 



Author

थप समाचार
x