प्रमुख समाचार

स्ववियु निर्वाचन हुनुपर्ने नेविसंघको मागमा माधवकुमार नेपालको समर्थन

उपकुलपति कार्यालय बाहिर जारी रिले अनसनमा पुगेर नेपालद्वारा हस्ताक्षर

इकागज |
फागुन २०, २०७७ बिहिवार १७:७ बजे

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को रिले अनसनमा नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले एक्केबद्धता जनाएका छन् । नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई बिहीबार समर्थन जनाएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए । 

‘नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र शैक्षिक क्यालेण्डरलाई नियमित गर्नुपर्ने माग राखेर गरेको रिले अनसनमा मेरो सहमति छ,’ नेपालको भनाई उध्रित गर्दै पूर्वकोषाध्यक्ष रिमालले भने । उनले रिले अनसन स्थलमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन् । 


जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता अध्यक्ष नेपाल अनसनस्थलमा पुगेर मागमा एक्केबद्धता जनाएका हुन् । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकुलपति कार्यालयबाहिर रिले अनसन गरिरहेको छ ।
 


Author

थप समाचार
x