प्रमुख समाचार

घरमै लडेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न ओली भैँसीपाटीमा

इकागज |
फागुन २१, २०७७ शुक्रबार १९:१८ बजे

काठमाडौँ  : आफ्नै घरमा लडेर घाइते भएका नेकपा उपाध्यक्ष नेता वामदेव गौतमको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली गौतम निवास भैँसीपाटी पुगेका छन् । प्रधानमन्त्री ओली सामान्य चोट लागेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न गएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  

नेकपाकै दाहाल-नेपाल समूहले नेकपा विभाजनको कानुनी मान्यताको लागि निर्वाचन आयोगलाई दबाब दिइरहेको बेला पार्टी एकता अभियान चलाइरहेका गौतम र ओलीको भेटलाई महत्वका साथ हेरिएका छ ।  'उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैँसीपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,' थापाले भने, 'आजै मात्रै विप्लवलाई शान्ति प्रक्रियामा ल्याएर एउटा उचाई लिइसकेका प्रधानमन्त्रीले दलभित्रको राजनीति मिलाउन पनि पक्कै प्रयास गर्नुहुन्छ ।'



Author

थप समाचार
x