प्रमुख समाचार

शंकर पोखरेलको नजरमा केपी ओलीका १९ ठूला काम

इकागज |
फागुन २२, २०७७ शनिबार १२:३२ बजे

काठमाडौँ  : नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामको विवरण प्रस्तुत गरेका छन् । पोखरेलले फेसबुकमा लेखेर केपी शर्मा ओलीलाई असाधारण र दूरगामी महत्व भएको बताएका हुन् ।

धेरै काम गरेर पनि ओली घेराबन्दीमा परेको पोखरेलको बुझाई छ । ‘तर पनि यतिबेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदै । सबैपक्ष गंभीर र जिम्मेवार बनौँ ।’    


यस्ताे छ १९ कामको लिस्ट 

- विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण 

- जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना 

- भारतिय नाकाबन्दीको सामना र सफलता

- चिनसँगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण

- नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि

- सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व

- भारत र चिनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास

- अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना

- सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती

- पूर्वधार विकासमा तिव्रता

- रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी

- सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम

- विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व

- छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण

- तराई मधेसको विकासमा तिव्रता

- प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि

- सडक मानवरहीत अभियानको नेतृत्व

- स्वास्थ पूर्वाधार विकासमा क्रान्ति

- कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।

प्रम ओलीका यी कामहरु राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ...

Posted by Shankar Pokhrel on Friday, March 5, 2021


Author

थप समाचार
x