प्रमुख समाचार

पुराना उद्योग बेचेर खाइसकेका थिए, मैले बनाउन सुरु गरे : ओली

इकागज |
फागुन २२, २०७७ शनिवार १९:४ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका सरकारले पुराना उद्योग बेचेर खाएकाले आफूले नयाँ बनाउन सुरु गरेका बताएका छन् । मेलम्चीको पानी सुरुङबाट बागमती नदीमा बगाउने कार्यक्रमको शनिबार सुन्दरीजलमा उदघाटन गर्दै पुराना उद्योग बेचेर खाएको बताए । 

‘पहिलेकाले छाला जुत्ता उद्योग खाए । भृकुटी कागज कागज कारखाना बेचेर खाए । हरिसिद्धि र भत्तलपुरको इट्टाभट्टा कारखाना बेचे,’ ओलीले भने, ‘अहिले हामी गर्न थालेका छौँ । दुर्गम-दुर्गम स्थानमा पम्पिङबाट खानेपानी पुर्‍याएका छौँ । अरु आयोजना आउँदैछन ।’


उनले राजमार्ग चौडा भइरहेका ओलीले बताए । पुष्पलाल राजमार्गको प्रगती उल्लेख्य भएको ओलीको भनाइ छ । ‘हामी डाँडा छेडेर काम गर्दै छौँ । सुनकोसी डाइभर्सनमा काम भइरहेको छ,’ ओलीले भने, ‘सुनकोशी मरिनबाट ६७ क्युबिक पानी आउँछ भने १०० मेगावाट त विजुली नै निस्कन्छ । कमलाले एक लाख ७० हजार विगाह जग्गा सिंचाईं गर्छ ।’ 
 


Author

थप समाचार
x