प्रमुख समाचार

सर्वोच्चको फैसला पुग्यो निर्वाचन आयोग

इकागज |
फागुन २३, २०७७ आइतवार १९:४५ बजे

नेकपाको नाम सम्बन्धी सर्वोच्च अदालतको फैसला निर्वाचन आयोग पुगेको छ । आइतबार नै जारी भएको सर्वोच्चले फैसला कार्यालय समयमै आइपुगेको आयोगले जनाएको हो ।

सर्वोच्चले फैसला जारी गर्दै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई  ब्युँताएको हो । सर्वोच्‍च अदालतले ऋषि कट्टेलको पक्षमा आदेश गर्दै एमाले र माओवादी केन्द्र ब्‍युँताएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश गरेको हो ।  



Author

थप समाचार
x