प्रमुख समाचार

एमाले ब्यूँतिएपछि वामदेवको घरमा किन गए विष्णु पौडेल ?

इकागज |
फागुन २४, २०७७ सोमबार १३:३० बजे

काठमाडौँ : नेकपा एमालेका नेता विष्णु पौडेल सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न वामदेव गौतमको निवासमा पुगेका छन् । घरमै लडेर सामान्य चोट लागेकोले आराम गरिरहेका गौतम एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका छन् । केपी शर्मा ओलीले उनलाई एमालेतर्फ नै फर्काउने कसरत गरिरहेका छन् । त्यसैको लागि ओलीले पौडेललाई भैँसीपाटी पठाएको बताइएको छ ।  एकीकरणपछिको नेकपा विभाजन उन्मुख हुँदा गौतम पार्टी एकता अभियान चलाइरहेका थिए । 

अर्थमन्त्रीसमेत रहेका पौडेल गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, पद अब कुन तरिकाले सम्बोधन गर्ने जस्ता गम्भीर विषयमा छलफल गरेका हुन् । उनले त्यहाँ अब कसरी दललाई मजमुद बनाएर जाने र अदालतको फैसला के हो त्यसबारेमा कसरी सम्बोधन गर्ने भन्दै छलफल गरेको बताइएको छ ।  


प्रधानमन्त्री ओली अदालतको फैसलाले खुशी भएपनि पार्टी एक गराएर लैजाने भन्ने विषय उनीमाथि चुनौती थपिएको छ । एमाले ब्यूँतिएपछि ईश्वर पोखरेल इतरका नेताहरु भने छलफलमा जुटेका हुन् । अदालतको फैसलाले पोखरेल पुनः महासचिब भएका छन् । उनलाई सचिवालयमा महासचिव नदिइकन उनको स्थानमा उपमहासचिव रहेका पौडेल नै महासचिब बनेका थिए । त्यसको मुख्य डिजाइनर गौतम रहेको बताइएको थियो । 

उनै गौमलाई भेट्न पौडेल पुगेपछि चासोकासाथ हेरिएको छ । यद्यपी पोखरेल यतिबेला नेकपामा सचिवालय सदस्य छन् भने सरकारमा उपप्रधानमन्त्री । तर, पौडेल सरकारमा मन्त्रीमात्र छन् भने सचिवालयमा उपमहासचिव थिए । दुवै ओली खेमामा रहेपनि पौडेलले दाहाल–नेपाल खेमाको आलोचना गरेका छैनन् । उता पोखरेलले निकै कडा रुपमा दाहाल–नेपाल समूहको आलोचना गर्दै आएका छन् ।


Author

थप समाचार
x