प्रमुख समाचार

ओली र दाहालले वार्ता गरेर मिल्नुपर्छ : रघुजी पन्त

इकागज |
फागुन २४, २०७७ सोमबार १७:५१ बजे

काठमाडौँ  :  नेकपा एमालेका नेता तथा दाहाल–नेपाल समूहका नेता रघुजी पन्तले एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन वार्ता गरेर पार्टी एकता जोगाउनुपर्ने बताएका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता जोगाउने विषयमा छलफल भइरहेको पनि बताए ।

‘सर्वाेच्च अदालतको फैसला सम्मान गर्नुपर्छ व्यक्तिगत रुपमा मेरो असहमति भयो  बैठकमा सर्वाेच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्ने चर्चा भएको छ,’ दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका पन्तले भने, ‘एकता दुई पार्टीबीच जसरी भएको थियो त्यो आफैँमा राम्रो थियो । लोकतन्त्रको सुदृढिकरणको लागि, सार्वभौमएकताको लागि त्यसलाई जोगाएर जानुपर्छ । अध्यक्ष प्रचण्ड र केपी ओलीले अगाडि बढाएर जानुपर्छ ।’  घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका एमालेका नेताहरु आफ्नो भनाइ राख्दै बैठकबाट बाहिरिरहेका छन् ।   



Author

थप समाचार
x