प्रमुख समाचार

तीन दिनको मौसम पूर्वानुमान

आगामी २४ घण्टा मौसम 'हल्का' गडबढ रहने

इकागज |
चैत २, २०७७ सोमवार ८:१० बजे

काठमाडौँ : आगामी २४ घण्टा मौसम 'हल्का गडबढ' रहने मौसम हल्का गडबढ रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

महाशाखाले हाल नेपाली भूभागमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको जानकारी दिँदै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेका छ । हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागको मौसम सफा रहेको पनि महाशाखाले जानकारी दिएको हो ।


तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०४ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 


Author

थप समाचार
x