प्रमुख समाचार

के भन्छन् एनआरएनएका पूर्व अध्यक्षहरू ?

इकागज |
चैत १२, २०७८ शनिवार १७:२४ बजे

काठमाडौं - एनआरएनएका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघुँरिएर अघि बढेकाले यस्तो स्थिति आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नाआउने बताए ।

नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प नभएको उनको भनाइ थियो । ‘पाप नबोकाइ दिनुहोस् । संस्थामा आफ्नो सबै काम छोडेर लाग्न उचित हुँदैन । फुर्सदमा मात्र लाग्नु होला,’ उनले भने ।


गैरआवासीय नेपाली संघ ६० लाख नेपालीको भएको उनको भनाइ छ । उनले इगो राखेर संस्था टिक्न नस्क्ने पनि बताए  । मन नपर्ने बिषय रहे पनि सहेर बसेको उनको भनाइ छ ।  

निर्वाचन ‘फेस टु फेस होस’ भन्ने चाहेको उनले बताए । प्रतिनिधि छनोटको व्यवस्था व्यवहारिक नभएको उनले बताए । संस्था बिगारेको पुरानाले हो ? उनीहरूलाई ६५ प्रतिशत किन व्यवस्था गर्ने ?’ उनले प्रश्न गरे ।

एनआरएनएमा कोहि प्रतिपक्ष नहुने उनले बताए । विधान संसोधन गर्दा धेरै कुरा चित्त नबुज्दा पनि चुप लागेको उनको भनाइ छ  । ‘कुलले मान्नु भयो । सुन्दा राम्रो लाग्यो भन्नु भयो तर पछि विरोध गर्नु भयो ।’ उनले भने । सुन्दा भन्दा पनि गर्दा राम्रो हुनुपर्ने बताए ।

विवादले छबी बिगार्न केही समय नलागेको बताए । पदमा जो आए पनि नआए पनि केही फरक पर्दैन । तर, संस्था बच्नु पर्छ । संस्था जीवित राख्नुपर्ने उनले बताए । नेपालीको समृद्धिका  लागि एनआरएनएको भूमिका हुनुपर्ने उनले बताए ।

एनआरएनएलाई जसले पनि आफ्नो बनाउन खोज्छ : भट्ट
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले एनआरएनए १८ वर्षको सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताए । संघ ठूलो डायस्पोरा रहेको उनले बताए ।

एनआरएनए उपेन्द्रजीले सुरु सत्ययुग हुँदै अहिले कलियुगमा प्रवेश गरेकाले एनआरएनएमा लफडा भएको बताए । कुण्ठा पालेर बस्न कसैलाई जरुरी नभएको उनले बताए । कुण्ठाकै कारण एनआरएनमा विवाद आएको उनले बताए ।
अब एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक भइसकेको उनको भनाइ छ ।

एनआरएनएमा एकताको हार्मोनी हरायो : लमिछाने
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताए । 
एनआरएनएको दशौंँ महाधिवेशन उद्घाटनका क्रममा उनले एनआरएनएमा विषम परिस्थिति सिर्जना भएको बताए । गैरआवासीयहरूले नेपालको सम्मृद्धिको लागि हातेमालो गर्नुपर्ने बताए । विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेको बताए । 
समीक्षा गरेर एनआरएनएलाई अघि बढाउनुपर्छ । विवादकाकारण साख गिरेको भन्दै साख जोगाउन रचनात्मक काम गर्न आवस्यक भएको उनको भनाइ छ ।

सहकार्य गरेर अघि बढ्नुपर्छ : थापा
संघका पूर्व अध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिएको बताए । सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । एनआरएनएमा जुन दुर्घटना घट्यो, अब नघट्ने गरी बलियो र दिगो बनाउन सबै एकजुट भएर काम गर्नुपर्छ । 
एनआरएनएमा सुरुमा सहभागिता गराउनै हम्मे परिरहेको बेला अहिले वृहत भएको उनको भनाइ छ । 

सबैले गल्ती आत्मसात गरेर जानुपर्छ : संस्थापक सचिव ढकाल
संस्थापक सचिव चिरञ्जीवी ढकालले एनआरएनए नेताहरूमा टसल बढेकाले विवाद आएको बताए । गल्ती आत्मसात गरेर जानुपर्ने उनले सुझाए । 
दुई बर्षमा नेपाल आउने वातावरण बनाउन भौतिक रुपमै चुनाव गर्ने वातावरण बनाउन उनले जोड दिए । 
नयाँ उर्जा दिने शक्ति एनआरएनएमा आउन सक्नुपर्ने उनले जोड दिए । ‘६ महिनामा तिता कुरा भए । अब स्वच्छ मन लिएर जानुपर्छ ।’ उनले भने । 

एकताले दुर्घटनाबाट जोगायो : अध्यक्ष  पन्त
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले आवश्कयताअनुसार विधान संशोधन हुने बताए । १० औँ महाधिवेशनका अवसरमा अध्यक्ष पन्तले एकता भएकाले दुर्घटनाबाट बचेको बताए । सुरुमा महाअधिवेशन परराष्ट्रले रोकेको उनले बताए । ‘अस्तित्व स्वीकार नगर्ने परिपाटी सिर्जना भएको छ’ उनले भने ।

अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनाव नगरेको बताए । फोर्सफुल्ली चुनाव नगर्न सुझाव पायौं । साथी र अग्रजको आग्रहलाई मानेर चुनाव नगरेको उनको भनाइ छ ।

अब गाली सामन्य लाग्न थालेको उनले बताए । अभियान सार्थक बनाउनका लागि जो नेता भए पनि फुटाउन नहुने उनमने छ । शेष घले पनि मूलधारमै आउने उनले बताए । ‘अब एनआरएनए कसैले बिग्रान सक्दैन,’ उनले भने । राज्यको सहयोग बिना काम गर्न नसकिने भएकाले सहकार्य खोजेको उनले बताए । 

उनले पूर्व अध्यक्षहरूको सात जनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने बताए । उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुनेगरी उम्मेदवारको टुंगो लगाउने बताए । 

गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूूहिक नेतृत्वमा जान लागिएको अध्यक्ष पन्तले बताए । 
 


Author

थप समाचार
x