प्रमुख समाचार

जसपाका माग सम्बोधन गर्न एमाले सकारात्मक

इकागज |
चैत १०, २०७७ मंगलबार १७:२५ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले उठाएका माम सम्बोधन गर्न सत्तारुढ एमाले सकारात्मक देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा एमाले नेताहरू जसपाले उठाएका माग सम्बोधन गर्न सकारात्मक देखिएका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपाले उठाएका माग सम्बोधनका विषयमा बैठकमा छलफल भएको बताए । 'उहाँहरूले रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भयो । सत्ता साझेदारीबारे पनि छलफल भयो । कुनैपनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरूले कुनैपनि शर्तबन्दी राख्नुभएको छैन,' नेम्वाङले भने । दुई पार्टीबीच राम्रो सम्बन्ध भए सत्ता समीकरण हुन सक्ने उनले बताए ।  


 जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रूपमा अगाडी बढेको बताए । 'पहिले मुद्दा मामिलाको काम अगाडी बढेमा सत्ता समीकरणलगायतको विषयमा कुरा गर्छौ । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत छ,' महतोले भने, 'नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्छ । पहिले मुद्दा मामिलाको अगाडी बढोस् न । अनि बाँकी कुरा पनि गरौँला नि त ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले भेटमा माग पूरा गर्ने आश्‍वासन दिएको बताए । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनु पर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको कर्णले बताए । 


Author

थप समाचार
x