प्रमुख समाचार

साउदीमा नेपाली दूतावासको सेल्टरबाट नेपाली युवक सम्पर्कविहीन

इकागज |
बैशाख ८, २०७९ बिहीबार २१:९ बजे

काठमाडौँ- साउदी अरबस्थित नेपाली राजदूतावासको सेल्टरमा रहेका एक नेपाली युवक सम्पर्क विहीन भएका छन् । गत मंगलबारदेखि (अप्रिल १९) रियादको बथा भन्ने ठाउँबाट राती साढे ९ बजेदेखि सन्तोष साह कानु नाम गरेका युवक हराएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले साहको खोजतलास गर्न प्रहरी कार्यालयलाई अनुरोध गरिसकेको छ । उनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा वा दूतावासको ०५०००७६७९४ सम्पर्क गर्न आग्रह गरेको छ ।


दूतावासका अनुसार साह डिप्रेसनको शिकार रहेका थिए । उनी कसैसँग पनि बोल्दैन थिए । अन्य नेपालीहरू सुतेको समयमा उनी बाहिर निस्किएका थिए । साहको एक्जिट भिसासमेत आइसकेको थियो । सेल्टरमा राखी उनलाई नेपाल पठाउने प्रक्रिया अगाडि बढाइसकेको थियो ।

 

 

 


Author

थप समाचार
x