प्रमुख समाचार

सर्लाहीको कौडेनामा गोली चल्यो

इकागज |
बैशाख ३१, २०७९ शनिबार १७:३४ बजे

काठमाडाैँ  – सर्लाहीको कौडेनामा गोली चलेकाे छ ।

कौडेनामा कृषिमन्त्री पुगेपछि स्थानीयले होहल्ला गर्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले बताएका छन्। 


उनका अनुसार कार्यकर्ता भेटघाटको क्रममा कौडेनामा शनिबार कृषिमन्त्री महेन्द्र यादव पुगेपछि माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुले हुल हुज्जत गर्न खोजेका थिए।

कृषिमन्त्री यादवमाथि ढुंगामुढा हुने सम्भावना बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरेको र स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएकाे छ ।

११ नगरपालिका र ९ गाउँपालिकासहित २० स्थानीय तह रहेको सर्लाहीको धेरै ठाउँमा मतगणना सुरु भएको छ। जिल्लाको १५ स्थानीय तहको मतगणना सुरु भइसकेको एसपी पोखरेलले जानकारी गराएका छन्।  


Author

थप समाचार
x