प्रमुख समाचार

भरतपुरमा विजयभन्दा रेणु ८० मतले अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १४:३० बजे

फाइल तस्बिर

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल ८० मतले अग्रता लिएकी छिन् । उनले महानगरको मतगणना जारी रहँदा १ हजार ७ सय २७ मत प्राप्त गरेकी छिन् ।

चार हजार ८ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ७ सय २७ मत ल्याएकी हुन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ६ सय ४७ मत  ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म १६ मतपत्र गणना भएको छ ।

अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x