प्रमुख समाचार

भुम्लु-४ को अध्यक्षमा फेरि कुँवर विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १९:१० बजे

काठमाडौँ- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ को वडाअध्यक्षमा फेरि लोकबहादुर कुँवर विजयी भएका छन् । उनी ७ सय ६० मत प्राप्त गरी नेकपा एमालेबाट विजयी भएका हुन् । गत निर्वाचनमा कुँवरले ६ सय २१ मत ल्याएर विजयी भएका थिए ।


कुँवरका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नारायण लामाले १ सय ६५ मत प्राप्त गरेका छन् । वडा सदस्यमा अशोकदेव पराजुली, तिलक लामा, कल्पना पहरी र बाटुली विक विजयी भएका छन् ।

 


Author

थप समाचार
x