प्रमुख समाचार

नुवाकोटको तादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान विजयी

इकागज |
जेठ २, २०७९ सोमबार २१:४५ बजे

काठमाडौँ- नुवाकोट तादी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार सन्तमान तामाङ्ले ३ हजार २ सय ४१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका किरण कुमार रिजालले २ हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्जु प्याकुरेल विजयी भएका हुन् । उनले ३ हजार ३ सय ९७ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी इश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत ल्याएकी छिन् ।


Author

थप समाचार
x