कागजपत्र

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

इकागज |
पुस ३, २०७९ आइतबार १८:९ बजे

फाइल तस्बिर

मनिला । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् ।    

प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता भएका अन्य तीन जनाको खोजी गरिरहेका छन्। आगलागी हुँदा उनीहरु घरबाहिर थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन ।    


आगो लाग्दा पीडितहरू निदाएकाले भाग्न नसकेको भएको ब्रिओन्सले बताएका छन् । आगलागी के कारणबारे अनुसन्धान भइरहेको छ ।  (रासस-सिन्ह्वा)  

 


Author

थप समाचार
x