संसद्

गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍यायो : रावल

इकागज |
जेठ ५, २०७९ बिहीबार १५:५१ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका सांसद डा. भिम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍याएको आरोप लगाएका छन् । ​बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै रावलले सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍याएको आरोप लगाएका हुन् । अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको उनको भनाइ छ । 

डा. रावलले सरकारले नेपाली जनता र देशले सामना गर्नु परेको समग्र राष्ट्रिय आर्थिक समस्या समधा तर्फ कुनै उल्लेखीय कुरा अगाडि नसारेको आरोप लगाए । उनले वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरू लिन्छ भन्ने विश्वास नभएको बताए ।


‘अर्थमन्त्रीले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिता औपचारिता पूरा गर्ने र परम्परागत किसिमका छन् । नेपाली जनता र देशले सामना गर्नु परेको समग्र राष्ट्रिय तथा आर्थिक समस्या समधान तर्फ कुनै उल्लेखनीय कुरा अगाडि सारिएको छैन,' उनले भने, 'वर्तमान गठबन्धन सरकारले प्राप्त छलफल र सांसदहरूको सुझावहरू सुन्ला भन्ने विश्वास छैन ।'

सांसद डा. रावलले वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण समेत नभएको बताए ।

 


Author

थप समाचार
x