संसद्

देउवाको गृहनगरको कुरा गर्दै ओलीले भने- लोकतन्त्रमा योभन्दा हरिविजोग अरु के हुन्छ र ?

इकागज |
जेठ १२, २०७९ बिहीबार ११:५९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा सत्ता गठबन्‍धनले पैसा बाँढेको आरोप लगाएका छन् । संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् । 

'पैसा' प्रलोभन बाँडियो' ओलीले भने 'रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने । 'अमरगढी जितेको छ कि छैन । देउवाको वडामा अब बजेट नजाने भो । अमरगढी नगरपालिकामा पैसा नजाने भो । लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ र ?' ओलीले भने ।


तर अमरगढी नगरपालिकाको मेयरमा कांग्रेसम डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकी पार्वतीदेवी झुकाल विजयी भएका छन् ।

त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो उल्लेख भएको बताए ।

शब्दमा मात्र जाल बुनेर नीति कार्यक्रम ल्याइएको उनले बताए । 'बुँदा न १३६ ले भ्रष्टाचार गर्ने प्रष्ट छ' उनले भने 'भ्रष्टाचार प्रवद्धन गर्ने भन्‍ने छ, के हो त्यो भनेको ?' 'अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो शब्द छ' उनले भने ।

उनले सरकारको कुनै नीति नभएको आरोप लगाए । उनले सरकार कहाँ पुग्‍ने भन्‍ने गन्तव्य नभएको बताए ।

'सरकार जेरी जसरी गुजिल्टियो । जसको नीति छैन । गन्तव्य छैन कहाँ पुग्‍ने' उनले भने ।

ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो भन्‍दै प्रश्‍न गरेका छन् । 'प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ?' ओलीले प्रश्‍न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्‍ने ?'

ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरिह बनेर बसेको बताए । 'बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह बनेर बस्यो' ओलीले भने 'कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो ।'
 


Author

थप समाचार
x