संसद्

सरकारलाई ओलीको प्रश्न - भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने ?

इकागज |
जेठ १२, २०७९ बिहीबार १२:२९ बजे

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यबृद्धिको डण्डा बर्साएको बताएका छन् । बिहीबारको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले  मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताए ।

'३० गते भोट खसाल्ने बेलासम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यबृद्धिको डण्डाले हानिदिने ?' ओलीले भने, 'त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो । पेट्रोलियम पर्दामा भएको मूल्यबृद्धिको असर सबै क्षेत्रमा पर्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक बस्तुको मूल्य स्वभाविक रुपमा बढ्छ ।'



Author

थप समाचार
x