संसद्

संसदमा ओलीको प्रश्न : पासै फालेर ल्याइएको होइन र यो गठबन्धन ?

इकागज |
जेठ १२, २०७९ बिहीबार १२:५२ बजे

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार पासो फालेर ल्याइएको सरकार भएको बताएका छन् । बिहीबार ओलीले संघीय संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले यो सरकार भगवान् रामलाई मन्थराले षड्यन्त्र गरेर १४ वर्ष बनबास पठाएझैँ वर्तमान सरकार पनि षडयन्त्रपूर्वक ल्याइएको बताए । उनले छिमेकी मुलुक भारतको बिहारको संसदमा घटित एउटा सन्दर्भको स्मरण गरे । 


‘भारतको बिहारको संसदमा अटलबिहारी बाजपाईमाथि अविश्वासको प्रस्ताव राखेका बेला त्यहाँ एकजना सांसदले राखेका बेला मलाई सम्झना आयो । बाजपाइजीलाई अश्विासको प्रास्ताव राखेर हटाउँदै गर्दा ती सांसदले भन्नुभएको थियो– भगवान राम अयोध्याको राज प्राप्त गर्ने वैधानिक हकदार हुनुहुन्थ्यो,’ ओलीले भने, ‘तर एकजना मन्थराले षड्यन्त्र गरेर उनलाई १४ वर्ष बनबास पठाइयो । युद्ध गरेर होइन, लडाइँ गरेर होइन एउटी मन्थराका कारण बनबास पठाइयो ।’

‘यहाँ त यति धेरै मन्थरा, सकुनी छन् । अनि यति धेरै मन्थरा र सकुनी भएको  ठाउँमा अटलबिहारीलाई बनबास पठाउन कुन ठूलो कुरा भयो ?’ बिहारको संसदमा ती सांसदले भनेको कुरा ओलीले स्मरण गरे । 

ओलीले अगाडि भने, ‘त्यो घटना नेपालमा ठ्याम्मै लागू भएको देख्दा मलाई स्मरण भयो । नेपालमा पनि यति धेरै मन्थरा र सकुन षड्यन्त्ररत छन् । तासै फोर ल्याएको सरकार होइन र यो गठबन्धन ? यो सरकारले ल्याएको नीति तथा कार्यक्रम यो सरकारकै प्रतिबिम्ब हो ।’
 


Author

थप समाचार
x