संसद्

वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती

इकागज |
जेठ १२, २०७९ बिहीबार १३:९ बजे

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।

‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो। यसमा कसले सम्झौता गर्‍यो, कसले भुक्तानी दियो ?' उनले भने, 'मैले  त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ ।  ‘यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को–को कसरी संलग्न छन्।’



Author

थप समाचार
x