संसद्

एमाले अहिले पनि एक नम्बरको पार्टी हो : ओली

इकागज |
जेठ १२, २०७९ बिहीबार १३:३१ बजे

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि आफ्नो पार्टी पहिलो भएको दाबी गरेका छन् । िबहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ‘पपुलर’ मत आफ्नो पार्टीले पाएको बताए।

' बाहिर उधुमै चर्चा चल्यो । नेकपा (एमाले) ध्वस्तै भयो, समाप्तै भयो,' ओलीले भने, 'केही सिटले एमाले पछि परेको छ । लोकप्रिय, पपुलर भोटमा अहिले पनि अरू सबै पार्टीभन्दा एमाले अगाडि छ । एमाले एक नम्बर पार्टी हो ।'



Author

थप समाचार
x