संसद्

विष्णु पौडेलको टिप्पणी : बजेटले आर्थिक संकट अन्त्य होइन थप जटिलता ल्याउँछ

इकागज |
जेठ १७, २०७९ मंगलबार ११:४८ बजे

काठमाडौँ- नेकपा एमाले उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्ने खालको रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

बजेटमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको बताएका उनले भने, ‘यो बजेट सुख्खा जमिनमा घस्रने खोजेको चिप्ले किरा जस्तो छ ।’ 


बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसक्ने दाबी गर्दै पूर्वअर्थमन्त्री पौडेलले  सरकार राष्ट्रिय संकल्पबाट भागेको आरोप लगाए ।

बजेटमा समग्रमा वित्तीय क्षमताभन्दा खर्च बढीको प्रस्ताव गरिएको भन्दै उनले प्रस्ताव गरिएबमोजिम स्रोत जुट्ने आधार नरहेको बताए । 

आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धिदर पूरा हुन नसक्ने बताएका छन् । 

उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य सरकारले लिएको आरोप लगाए । 

स्रोत साधानको प्रयोगबाट आर्थिक वृद्धि  हुने भन्दै उनले पुँजी लगानी नै अपुग रहेको बताए ।

र,यो पनि


Author

थप समाचार
x