संसद्

ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनौती दिन्छु : ईश्वर पोखरेल

इकागज |
असार २, २०७९ बिहिवार १३:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली सरकारको पालामा  अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको बताएका छन्  । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए । 


ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको भन्दै उनले  यसलाई पुष्टि गर्न चेतावनी दिए । 

पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ । 

सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरे । 

असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलले बताए । 


Author

थप समाचार
x