संसद्

टीकापुर घटनामा थारु समुदायका साथीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता गरियोस् : सांसद गौतम

इकागज |
असार ९, २०७९ बिहीबार १३:५३ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले टीकापुर घटनामा थारु समुदायका मानिसहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न माग गरेका छन् । उनले बिहीबार संसद्को शून्य समयमा बोल्दै मुद्दा फिर्ता गर्न माग गरेका हुन् ।

‘टीकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएकाले सो घटनामा थारु समुदायका साथीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता गरियोस्,’ उनले भने, ‘फरार सूचीमा रहेकाहरूलाई उन्मुक्ति र राजबन्दीलाई अविलम्ब रिहाइ गर्न नेपाल सरकारसँग माग गर्छु ।’


निजामति सेवामा थारु समुदायको उपस्थिति नभएको भन्दै उनीहरूको मौलिक हक हनन भएको समेत सांसद गौतमले बताए  । थारु समुदाय नेपालको चौथो ठूलो जनसंख्या भएको समुदाय भएकाले थारु क्लस्टर छुट्याएर निजामति सेवा ऐन पारित गर्नसमेत उनले माग गरे ।


Author

थप समाचार
x