संसद्

सभामुखले गरे दुई विधेयक प्रमाणित

इकागज |
असार १३, २०७९ सोमबार २२:१२ बजे

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गरेका छन् । उनले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गरेका हुन् । 

यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनी रूप लिनेछ ।



Author

थप समाचार
x