संसद्

बजेट आश्रित तीन वटा विधेयक राष्ट्रिय सभाबाट पारित

इकागज |
असार १७, २०७९ शुक्रबार १२:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभाले बजेट आश्रित तीन वटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । 

आइतबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ । 


उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधिसभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो ।

अब प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइन्छ । 

प्रतिनिधिसभाको बैठक २० असारमा बोलाइएको छ । 


Author

थप समाचार
x