संसद्

कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दि‍नुपर्ने : सांसद विक

इकागज |
असार १७, २०७९ शुक्रबार १७:४८ बजे

काठमाडौँ- बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विमला विकले कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले यस्‍ताे बताएकी हुन् । विकले कुमारी आमाहरू सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।


‘जबर्जस्ती करणी लगायतका विविध कारणले गर्दा बच्चा जन्मिएका कुमारी आमाहरू बच्चा लिएर, अर्को विवाह नगरेर, बच्चाको पालनपोषण गरेर बसिरहनुभएको छ भने उहाँहरूलाई पनि हामीले एकल महिला सरहको सुविधाभित्र राख्नुपर्छ,' उनले भनिन्, 'अहिले पनि बलात्कृतजस्ता समस्याबाट ग्रसित महिलाहरूको सहजै फेरि विवाह हुने, घरबार हुने र सामान्य महिला, पुरुषको जस्तो जिन्दगीमा फर्किनलाई अहिले पनि कठिनाई छ । विवाह नहुँदासम्मको अवस्थामा जबर्जस्ती करणीजस्ता व्यवहारबाट बच्चा जन्माइ विवाह नगरी बसेका महिलाहरूलाई एकल महिला मानेर सुविधाभित्र ल्याउनुपर्छ ।’


Author

थप समाचार
x