संसद्

अर्थमन्त्री शर्मासँग नैतिकता छैन : विशाल भट्टराई

इकागज |
असार २०, २०७९ सोमबार १७:२१ बजे

फाइल फोटो

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थमन्त्रालयका बारेमा बिभिन्न बिषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा नरहेको बताएका हुन् । 


उनले करका बिषयमा छानविन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सीसीटीभी फुटेज डिलिट गर्नु नियोजित भएको जिकिर गरे । उनले गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटीभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै डिलिट हुनुको कारणबारे समेत जवाफ दिनुपर्ने धारणा राखे । 

उनले यस बिषयमा संसदीय छानविन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x