संसद्

जब सांसदलाई 'बेडरुम' लाग्‍छ संसद्‌... (फोटो फिचर)

इकागज |
साउन २८, २०७९ शनिबार १०:४८ बजे

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरूले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरू ।


तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरू संसद्‌का लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसद्‌मा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै ।

कतिपय संसद्‌का दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । एकातिर संसदीय विषयहरूमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरू गफिएका देखिन्छन् भने कोही फोनमा व्यस्त त कोही निदाइरहेका पनि । यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ । आरोप/प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसद्‌मा नै देख्न सकिन्छ । 

संसद्‌ बैठकका धेरै समय कुर्सीहरू खाली नै हुन्छन् । सांसदहरू फोन र गफमा व्यस्त अनि निन्द्रमा मस्त । संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्यहरू आजको फोटो फिचरमा । 

तस्बिरहरू : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x