संसद्

यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद् (नामावलीसहित)

इकागज |
मंसिर २१, २०७९ बुधबार १६:४१ बजे

काठमाडौं - आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तथ्यांकअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ४४ जना उम्मेदवार निर्वाचित भएका छन्  भने ७१ वर्षदेखि ८५ वर्ष सम्मका १३ जना सांसद निर्वाचित भएका छन् । यस आमनिर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  

५७ सिट जितेको कांग्रेसमा २० जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद छन् । यस्तै ४४ सिट जितेको नेकपा एमालेमा १२ जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद रहेका छन् ।  १८ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रमा एक जना मात्र उक्त उमेर सामूहका सांसद छन् भने, नेकपा एकीकृत समाजवादीमा ४ जना, जसपामा १, राप्रपामा ३ सांसद सो उमेर समूहका छन् । यस्तै जसपामा एक, लाेसपामा एक, नेमकिपामा एक र एक जना स्वतन्त्र सांसद उक्त उमेर समूहका छन् । 


यी हुन् ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद

नेपाली कांग्रेस

१. ज्ञानेन्द्र बहादुर कार्की -  ६५ वर्ष
२. दिनेश कुमार उादव  - ६१ वर्ष
३. महेन्द्र कुमार राय - ६३ वर्ष
४. रमेश रिजाल - ६५ वर्ष
५. रामनाथ अधिकारी - ६१ वर्ष
६. प्रकाशमान सिंह - ६६ वर्ष
७. सन्तोष चालिसे - ६४ वर्ष
८. राजेन्द्र कुमार केसी - ६४ वर्ष
९. मोहन बहादुर बस्ने - ६७ वर्ष
१०. शशांक कोइराला - ६४ वर्ष
११. चन्द्रकान्त भण्डारी - ६१ वर्ष
१२. सुरेन्द्रराज आचार्य - ६४ वर्ष
१३. विनोदकुमार चौधरी - ६७ वर्ष
१४. दिक्पाल कुमार शाही - ६१ वर्ष
१५. पर्णबहादुर खड्का - ६६ वर्ष
१६. हृदयराम थानी  - ६२  वर्ष
१७. पुष्प बहादुर शाह  - ६१ वर्ष
१८. डिल्लीराज पन्त - ६६ वर्ष 
१९. दिलेन्द्र प्रसाद बडू - ६८ वर्ष
२०. टेक बहादुर गुरुङ  - ६७ वर्ष

नेकपा एमाले

१. महेश बस्नेत - ६२ वर्ष
२. सुवास चन्द्र नेम्वाङ - ६९ वर्ष
३.देवँज घिमिरे - ६६ वर्ष
४. केपी शर्मा ओली - ७० वर्ष
५. भीमप्रसाद आचार्य - ६३ वर्ष
६. राम शंकर यादव - ६१ वर्ष
७. लिलानाथ अधिकारी - ६५ वर्ष
८. रघुवीर महासेठ - ६१ वर्ष
९. कृष्णगोपाल श्रेष्ठ - ६४ वर्ष
१०. पृथ्वी सुब्बा गुरुङ - ६४ वर्ष
११. विष्णुप्रसाद पौडेल - ६२ वर्ष
१२ बलराम अधिकारी - ६२ वर्ष

नेकपा माओवादी केन्द्र 

१. पुष्पकमल दाहाल प्रचण्ड - ६६ वर्ष

नेकपा एकीकृत समाजवादी

१.माधव कुमार नेपाल - ६९ वर्ष
२. राजेन्द्र प्रसाद पाण्डे - ६६ वर्ष
३. अम्मर बहादुर थापा - ६५ वर्ष
४. भानुभक्त जोशी - ६३ वर्ष

जनता समाजवादी पार्टी, नेपाल

१. अशोक कुमार राई - ६५ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. दीपक बहादुर सिंह - ६१  वर्ष
२. विक्रम पाण्डे - ६९ वर्ष
३. धवलशमशेर जबरा - ६१ वर्ष

लोकतान्त्रिक समाजवादी पार्टी 

१. शरतसिंह भण्डारी-  ६८ वर्ष

नेपाल मजदुर किसान पार्टी

१. प्रेम सुवाल - ६२ वर्ष

स्वतन्त्र

१. लालवीर चौधरी - ६७ वर्ष

 


Author

थप समाचार
x