संसद्

कृषि मन्त्रालय धाएर किसान रुँदा पनि क्षतिपूर्ति पाएनन् : गगन थापा

इकागज |
माघ १८, २०७९ बुधवार १३:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका छन् । बुधबार संसद्‌मा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् ।

'बैंकको रिनले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ? समिति बनाउने हो ?' थापाले सरकारलाई प्रश्न गरे ।  


बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षतिपूर्ति बापत् किसानलाई दिन्छु भनेर छुट्टाइएको रकम दिइयोस् भनेका हुन् । सयौँको संख्यामा किसानहरू कृषि मन्त्रालय धाउने, रुने गरेपनि सरकारले बेवास्ता गरेको उनले बताए । बर्डफ्लुका कारण कुखुरा फार्म नष्ट गरिएको र नियम अनुसार पाउनुपर्ने क्षतिपूर्तिको रकम पाउनुपर्ने उनले बताए । 


Author

थप समाचार
x